काठमाडौं : नेपाली कांग्रेसमा ठेक्कापट्टा र व्यावसायिक पृष्ठभूमिका मानिस नेतृत्वमाथि हाबी हुँदै गएका छन्। प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थले काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो धारणा राखेका हुन्। कायस्थले कांग्रेसमा त्यागी‚ योग्य र क्षमतावान कार्यकर्ता ओझेलमा परेको बताए। कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले त्यो वेला बताएका कुरा स्मरण गर्दै सुकिलामुकिलाले कांग्रेसको नेतृत्व लिएको र पार्टीका लागि मरिमेट्ने योद्धा पछि परे