जन्मकैदको सजाय सुनाइएका पाकिस्तानका एक कैदीले माध्यमिक शिक्षाको परीक्षामा सबैभन्दा धेरै अंक बटुल्दै थप पढाइका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । कराँचीको कारागारमा रहेका ३५ वर्षीय सयेद नइम शाहले निजी विद्यार्थीहरुमध्ये सबैभन्दा धेरै अंक ल्याउँदै इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ पाकिस्तानबाट थप शिक्षाका लागि छात्रवृत्ति प्राप्त गरेका हुन् ।देशका अन्य कारागारजस्तै कराँचीको कारागारमा पनि निर्धारित संख्याभन्दा धेरै कैदीहरु राख्ने गरिन्छ । २४ सयको क्षमता रहेको उक्त कारागारमा ६ हजारभन्दा बढी