कस्तो बन्दैछ ओलीले सिंहदरबारमा बिहीवार निरीक्षण गरेको प्रधानमन्त्री कार्यालय भवन ? [फोटोसहित]

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा जीर्णोद्धार भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको स्थलगत निरीक्षण गरेका छन्।  लामो समयपछि बिहीवार सिंहदरबार पुगेका प्रधानमन्त्री ओली करीब २० मिनेट जति निरीक्षण गरेर फर्किएका थिए । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्राधिकरण र प्रधानमन्त्री कार्यालयका कर्मचारीहरू पुगेका थिए ।  ओलीले सुन्धारामा निर्माणाधीन धरहराको समेत निरीक्षण गरेका छन् । 'द...