बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न - NepaliPatra

बैतडी । बैतडीमा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार यहाँ हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि  रोपाइँ सम्पन्न भएको भए पनि र आकाशे पानीले रोपाइँ […]

सम्बन्धित सामग्री

स्याङ्जामा ९० प्रतिशत रोपाइँ

स्याङ्जामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्येको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको छ । साउनको तेस्रो हप्तासम्म आइपुग्दा जिल्लाका १८ हजार हेक्टर खेतीयोग्य जमिनको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको हो । समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँ हुने जमिनमध्ये तीन प्रतिशत कम जमिनमा रोपाइँ भएको छ । पछिल्लो समय आवश्यक जनशक्तिको अभाव, बढ्दो […]

देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ– साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।  देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । […]

बैतडीमा नब्बे प्रतिशत रोपाइँ सकियो

काठमाडौं । बैतडीमा यो वर्षको रोपाइँ अन्तिम चरणमा पुगेको छ । असार पहिलो सातासम्म वर्षा नहुँदा रोपाइँ हुन सकेको थिएन । तर,मनसुन सुरु भएसँगै पानी पर्न थालेपछि धमाधम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र बैतडीले हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भएको भएपनि र आकाशे […]

नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपुर । नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले जानकारी दिनुभएकाे हाे । जिल्लाको तल्लो क्षेत्र गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । पहाडी क्षेत्रमा […]

नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न

काठमाडाैँ- बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताए। जिल्लाको तल्लो क्षेत्र गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ। पहाडी क्षेत्रमा पर्ने बौदिकाली, बुलिङटारमा भने […]

नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न

काठमाडौँ,८ साउन । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताए । जिल्लाको तल्लो क्षेत्र गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । […]

कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न : खाद्यान्न संकट नहुने अपेक्षा

साउन १६, सुर्खेत । यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुँदा ३८ हजार ३८५ हेक्टर क्षेत्रफल धान उत्पादनका लागि उपयोग भएको छ ।कर्णाली प्रदेशलाई सुख्खा प्रदेश भनिन्छ । समयमा र अविरल वर्षा भएकाले यस वर्ष कर्णाली भोकमरीको चपेटामा नपर्ने संकेत देखिन्छ ।   नेपालका अर्थतन्त्रमा धानको ठूलो महत्व छ । यसको उत्पादन वृद्धि हुँदा अर्थतन्त्र बलियो हुन्छ । घट्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । जिडिपीमा यसको योगदान १२ प्रतिशत छ ।   गत जेठ १५ देखि नै मनसुन शुरुआत भई समयमा रोपाइँ भएकाले किसान खुशी छन् । गत वर्षको यसै अवधिमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष भने यसै अवधिमा ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । मौसमले साथ दिए पनि कृषि कर्ममा आकर्षण कम हुँदै गएको सो तथ्यांक पुष्टि हुन्छ ।  कृषि विभागका उप महानिर्देशक जानुका पण्डितले नेपालमा साउन महिनाभर रोपाइँ हुने भएकाले मसान्तसम्म ९७ प्रतिशत भन्दामाथि रोपाइँ हुने अनुमान गनुहुन्छ । यस वर्ष कर्णाली प्रदेशपछि सुदूरपश्चिममा ९९, लुम्बिनीमा ९७, वाग्मतीमा ९६, प्रदेश–२ मा ९२ र प्रदेश १ मा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको रोपाइँ हुँदै आएको छ ।  विसं २०६०/०६१ देखि २०७७/०७८ सम्म को तथ्यांकलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा परनिर्भर देखिन्छ । जुन वर्ष मौसम अनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम अनुकूल भएका बखत धानको उत्पादन घटेको छ ।      नेपालमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कुल खेतीयोग्य जमीनमध्ये लगभग ५० प्रतिशत जमीनमा धानखेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार–साउन) मा वर्षा भएन भने सिफारीस भएजति जमिनमा धान रोपाइँ हुन सक्दैन ।  नेपालमा २०६०/०६१ देखि २०७६/०७७ अर्थात् १६ वर्षमा सबैभन्दा धेरै धानखेती भएको वर्ष २०७६/०७७ साल हो । सो वर्ष १४ लाख ७३ हजार ४०० हेक्टर जमिनमा धानखेती भएको थियो । उक्त वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान फलेको थियो ।  नेपालको कुल जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा धान रोपाइँ गरिन्छ । यसमध्ये करिब ५० प्रतिशतमा रोपाइँ हुन्छ । सिँचाइ मन्त्रालयको तथ्यांकअनुसार ५३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । रोपाइँ हुने असार–साउन महीनामा वर्षा भएन भने सिफारिस भएजति क्षेत्रफलमा रोपाइँ हुन सक्दैन ।  प्रत्येक वर्ष धानखेती गर्ने जमिन घटिरेहेको छ । रू. २०६०/०६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धानखेती भएको थियो । पन्ध्र वर्षपछि ९२०७४/०७५० मा १४ लाख ६९ हजार ५४५ हेक्टर जमिनमा सीमित हुन पुग्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्यांकअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।        कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि विकास सचिव डा योगेन्द्रकुमार कार्कीले नेपालीका लागि वार्षिक ६० लाख मेट्रिकटन धानको आवश्यकता पर्छ भन्छन् ।  संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो । भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपर जोन घोषणा गरी लागू गरेको छ ।   संसारका आधा जनसंख्याको मुख्य खाना भात हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपत हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दाबढी देशमा ८६४ थरीका धानका बीउ सिफारिस भएका छन् । नेपालमा ८६ उन्नत  र सात रैथाने जातको बीउबाट उत्पादन गरिँदै आएको छ । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सवै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्यांकलाई विशलेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बर अर्थात् एक करोड चार लाख मेट्रिकटन  गर्ने घोषण गरेको छ । रासस

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १३ प्रतिशत कम

साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।

रुपन्देहीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

रुपन्देहीमा यो वर्ष ९० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका अनुसार रुपन्देहीमा कूल ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदैआएको छ ।

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

बैतडीमा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो ।