काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निशान छाप परिवर्तन गर्न संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको बुधबार सम्पन्न वैठकले विधेयकको समर्थन गर्ने निर्णय लिएको सचिवालय प्रमुख धु्रवबहादुर प्रधान तथा भाष्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । …