इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब बायर्न म्युनिखलाई पन्छाउँदै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न दोस्रो लेगको खेलमा बायर्न र म्यानचेस्टर सिटी १-१ गोलको बराबरीमा रोकिएसँगै समग्रमा ४-१ गोलको जित निकालेर सिटीले सेमिफाइनल यात्रा पक्का गरेको हो। क्वाटरफाइनलको पहिलो लेगको खेलमा सिटीले इतिहाद स्टेडियममा बार्यनलाई ३-० गोलअन्तरले…