पाकिस्तानले सहमति दिएपछि सार्क महासचिव बंगलादेशबाट

पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आफ्नो छिमेकी अफगानिस्तानबिनै अघि बढ्न सहमति दिएपछि सार्क सचिवालयमा नयाँ महासचिव बंगलादेशबाट आउने टुंगो लागेको छ । अध्यक्ष राष्ट्र नेपाल र सार्क सचिवालयको लगातारको प्रयासपछि सार्क सचिवालय नेतृत्वविहीन हुनबाट जोगिएको छ ।