अर्थमन्त्रीलाई अखिल क्रान्तिकारीले दियो १७ बुँदे सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई संकटग्रस्त अर्थतन्त्रलाई लयमा फर्काउन वित्तीय तथा मौद्रिक उपकरणको प्रयोग गर्न सुझाव दिएको छ । अर्थमन्त्रीले नीति कार्यक्रम तथा बजेटका लागि विद्यार्थी संगठनको सुझाव मागेपछि अर्थमन्त्रीलाई अखिल क्रान्तिकारीले बिहीबार १७ बुँदे सुझाव बुझाएको हो ।  “संकटग्रस्त अर्थतन्त्रलाई नियमित लयमा फर्काउन सबै वित्तीय...