स्वास्थ्य निर्देशनालयमा रहेको दरबन्दी कायम राख्न नेपाल आयुर्वेद चिकित्सक संघको माग
कर्णाली प्रदेश सरकारले सरोकारवालासँग छलफल र समन्वय नै नगरी स्वास्थ्य निर्देशनालयमा रहेको ९/१०, ५/६/७ को दरबन्दी खारेज गर्न लागेको भन्दै संघले उक्त दरबन्दी कायम गर्न माग गरेको हो।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा प्रस्तावित गरिएको दरबन्दी अबिलम्ब सच्याउन नेपाल चिकित्सक संघले माग गरेको छ । बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालयको स्थापना गरेर केन्द्रीकृत शासन पद्धतिलाई विकेन्द्रीकृत गरी स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने प्रयास अत्यन्तै प्रशंसनीय भए भए पनि संघीय मन्त्रालय तथा अन्य प्रादेशिक मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वदायी भूमिका चिकित्सकबाट भइरहेको अवस्थामा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी नै नराखी प्रस्तावित द