धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएपछि आज उद्घाटन गरिने भएको छ । आज (शनिबार) नयाँ दिल्लीबाट भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी रेल सेवाको उद्घाटन गरिने भएको हो । उद्घाटन गरेको हेर्नलाई दुई वटा प्रोजेक्टर जडान गरिएको छ ।