नेपाली कांग्रेस कैलालीको १४ औँ अधिवेशनअन्तर्गत जिल्ला नेतृत्व चयनका लागि आइतबार सम्पन्न निर्वाचनको मतगणना सुरू भएको छ । निर्वाचन समितिका अनुसार दिउँसो साढे दुई बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचनमा दुई हजार चार सय ८५ जनाले मतदान गरेका थिए । काँग्रेस कैलालीको जिल्ला अधिवेशनका लागि दुई हजार पाँच सय ७६ प्रतिनिधि छनौट भएका थिए ।काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि नारायण भट्ट, प्रकाश बम र रामबहादुर कलेल प्यानलसहित निर्वाचनमा उत्रिएका छन् । पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो