महन्थ ठाकुरलाई सरकारमा जान कसैले रोकेको छैन : यादव

काठमाडौं। जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले सरकारमा जान महन्थ ठाकुरलाई कसैले नरोकेको बताएका छन्। उनले देखापढीसँग भने, “उहाँ(महन्थ)लाई कसेले रोकेको छ र, बैठक बसेर पार्टीबाटै निर्णय गरेर जाँदा भैगो नि।” सरकारले मुद्दा फिर्ता लिनु सामान्य भएको बताउँदै भने, ‘देउवा नेतृत्वको पालामा पनि मुद्दा फिर्ता भएको थियो, यो नियमित प्रक्रिया हो।’ पूर्वराजपा नेता यादव अहिले उपेन्द्र यादव पक्षमा खुलेका छन्।