पत्रकार र मिडियाका समस्या सम्बाेधन गर्ने बजेट ल्याउन आग्रह

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित पदाधिकारीले मङ्गलवार (आज) अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गर्नुभएको हो ।  महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गर्नुभयो । उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका सा...