काठमाडौं। मेगा बैंक ११वर्ष पुरा गरी १२औं वर्षमा प्रवेश गरेको छ। १२औं वार्षिकोत्सवको अवसरमा बैंकले आगामी५ वर्षको रणनीति बनाएको छ। बैंकका अध्यक्ष भोजबहादुर शाहले कृषिदेखि जलविद्युत/पूर्वाधारसम्म लगानी गर्ने योजना बनाएको बताए। भने,“हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथै बैंक स्थापना भएको थियो। अब त्यही लक्ष्यअनुसार अगाडी बढ्छौं।”मेगा बैंक तत्कालिन सबैभन्दा धेरै चुक्तापुँजी र शेयरधनी भएको बैंकका रुपमा स्थापना भएको थियो।