पर्यटकीय नगरी पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने

पर्यटकीय नगरी पोखरामा पुनः हट एयर बलुन सञ्चालनमा आउने भएको छ । यही सेप्टेम्बरदेखि नै हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको हो । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यस अघि कम्पनीले सन् २०१८ नोभेम्बर १६ देखि पोखरामा हट एयर बलुनको उडान सुरु गरेको थियो । हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बल