जिल्ला अस्पताल लमजुङमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार निःशुल्क

लमजुङ – जिल्ला अस्पताल लमजुङले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने भएको छ । मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) को सहयोगमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो । यसअन्तर्गत पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पतालमा अन्तरङ्ग सेवा, बहिरङ्ग सेवा, आकस्मिक सेवा, ल्याब सेवा, एक्स–रे लगायतका सबै सेवा निःशुल्क प्रदान गरिने प्रशासन प्रमुख श्रेष्...