महोत्तरी । महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट रु एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर रु बीस लाख तेत्तीस हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए ।