एमसीसी पारित गर्न सरकार सामु तीन अड्चन - BBC News नेपाली

संसद्‌बाट यो सम्झौता पारित गर्न चाहिने आवश्यक बहुमत प्रधानमन्त्री देउवाको पार्टीसँग छैन। बहुमतको सरकार बनाउन उनलाई सहयोग गरेको प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र नै एमसीसीबारे अनिर्णीत छ।