७५३ स्थानीय तहलाई १ खर्ब ७३ अर्बभन्दा बढी सशर्त अनुदान

काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा सबै ७५३ स्थानीय तहलाई ९४ अर्ब ५६ करोड रूपैयाँ समानीकरण अनुदान उपलब्ध गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट भाषणका क्रममा उक्त कुरा बताएका हुन्। पौडेलका अनुसार सशर्त अनुदानतर्फ स्थानीय तहलाई १ खर्ब ७३ अर्ब ५० करोड विनियोजन गरिएको छ।