काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न कठिन रहेको बताएका छन् । पार्टीको १४ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले आत्म मूल्याङ्कन गर्नुपर्ने बेला आएको भन्दै कम्युनिस्ट भन्दा काँग्रेस के कुराले पछि पर्यो भन्ने कुराको आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘अहिले भर्खर चितवनमा अधिवेशन सम्पन्न गरेको, प्रतिपक्ष दलको अवस्था अहिले पनि गाउँमा जे देखिरहेका छौ जुन किसिमले विरोधीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने