पूर्व माओवादीबाट एमालेका रायमाझी र साह मात्रै निर्वाचित

नेकपा एमालेबाट पूर्व माओवादीबाट टोपबहादुर रायमाझी अर्घाखाँची र ज्वालाकुमारी साह बारा ३ बाट मात्रै प्रतिनिधि सभामा चुनाव जितेका छन् । एमालेमा पूर्व माओवादीबाट सात जनाले टिकट पाएका थिए । तर, अन्तिमा २ जना निर्वाचित भए भने ५ जना पराजित भएका छन् ।  एमालेका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभामा चुनाव जितेका छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाललाई झिनो मतान्तरले पराजित गरेका हुन् । रायमाझी माओवादी हुँदा तीन पटक र एमालेबाट एक पटक चुनाव जितेका छन् । यस्तै बारा ३ ब