कोरोना भाइरसविरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाका लागि पनि प्रभावकारी भएको पाइएको छ ।
फाइजर आफैँले गरेको अध्ययनबाट ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकामा ७३ प्रतिशत प्रभावकारी रहेको पाइएको हो ।
यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले आपत्कालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो ।
अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सुझाव समेत दिएका चि...