सेयर बजारमा हरियाली, एकैदिन बढ्यो ७९.४४ अंकले नेप्से

साताव्यापी गिरावटपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेको छ । जबकी गत सोमबार मात्र नेप्से परिसूचक अधिकतम ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १६.०१ अंकले बढेर ५३६.१५ विन्दुमा पुगेको छ । आज सेयर बजार खुले देखिनै सकारात्मक संकेत देखिएकोमा सबै जसो समूहहरु धनात्मक (पोजेटिभ) देखिएका छन् भने, ६ वटा कम्पनी