काठमाडौं : रामेछापमा पितृ खुशी बनाउन भन्दै कुटपिट गरी एक महिलाको हत्या भएको छ। खाँडादेवी गाउँपालिका ३ सित्कास्थित माझी बस्तीकी ५० वर्षीय बिबी माझीको हत्या भएको हो भने उनकी ७० वर्षीया आमा सुनमाया गम्भीर घाइते भएकी छन्।उनको मन्थली अस्पतालमा उपचार भइरहेको रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। आइतबार बिहान सबेरै सोह्रश्राद्ध गर्ने क्रममा पितृ आएर काम्ने क्रममा आमा छोरीमाथि कुटपिट भएको उनले बताए।माझी समुदायले पितृलाई घाटमा गएर बोलाउने परम्परा छ। सो समुदायले पितृ आएपछि प