हेटौँडा–काठमाण्डौ छोटो दुरीको सडक निर्माणमा प्रदेश सरकारको चासो

मकवानपुर – हेटौँडा काठमाण्डौ छोटो दुरीको सडक निर्माणमा प्रदेश सरकारले चासो देखाएको छ । यो सडक निर्माणमा प्रदेश सरकारले ठाउँ–ठाउँमा ठेक्का लगाएर काम भइरहेको छ । तर समयमा नै काम सक्ने अवस्था नरहेको र निर्माण व्यावसायीले काम नगरेको लगायतका समस्या भएपछि आज मङ्गलवार प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र सरोकारवाला निकायका बीचमा छलफल भएको छ । प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाण्डौ उपत्यका प्रवेश गर्ने पहुँच मार्ग हेटौँडा–भीमफेदी–हुमाने–फर्पिङ सडकको विभिन्न ठाउँमा निर्माणको काम भइरहेक...

सम्बन्धित सामग्री

घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ प्रति प्रदेश सरकारको चासो

लमजुङको दुई पर्यटकीय स्थल घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माण कछुवा गतिमा भएको छ ।सडक निर्माणमा ढिलाई भएपछि गण्डकी प्रदलेश सरकारले चासो राखेको छ । क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षण गरिएको छ ।

पाण्डौन सडक निर्माणमा ढिलासुस्ती

घोडाघोडी नगरपालिका–५, डोकेबजार पाण्डौन सडकखण्ड अन्तर्गत शीतलपुर सडक निर्माण कार्य ढिलासुस्ती भएको छ । १४ महिनामा कालोपत्रे गरिसक्नुपर्ने सो सडकको लेबल मिलानका नाममा ठाउँ ठाउँमा माटो थुपारिएको छ । सडकबिचमा माटो थुपार्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । ठेकेदारले निर्माण कार्यमा ढिलासुस्ती गरेपछि स्थानीयले हिलाम्मे सडकमा धान रोपेर दबाबसमेत दिएका छन  । सडक हिलाम्मे बनेपछि सो सडक भएर गुड्ने सवारीसाधनसमेत सडकमा जाम हुने, धकेलेर ओहोरदोहोर गराउनुपर्ने बाध्यता रहेको सवारीचालकले गुनासो गरेका छन् । प्रदेश सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०७९÷८० मा १४ महिनामा निर्माण सम्पन्न गर्ने गरेर टेडी निर्माण कम्पनीले सडक निर्माणको जिम्मा पाएको थियो ।

पूर्वाधार निर्माणपछि पर्यटकको आकर्षण बढ्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरूमा पछिल्लो समय पूर्वाधार निर्माण र प्रचारप्रसारले तीव्रता पाएपछि पर्यटक आगमन पनि बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिकाका ऐतिहासिक ज्यामरुककोट, पुलाचौर, पछै, सिंगातातोपानी, मालिका गाउँपालिकाको देवीस्थान, मंगला गाउँपालिकाको बरंजा, अन्नपूर्ण गाउँपालिकाको खोपरा लगायत पर्यटकीय स्थलमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । पछिल्लो समय पर्यटकीय स्थलको रूपमा विकास भएको म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको पर्यटकीय स्थल गाईखर्क ताल जाने सडक निर्माण भएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजित २ लाख र स्थानीयको ५० हजार रुपैयाँ बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र राना मगरले जानकारी दिए । उनका अनुसार देवीस्थानको हाँस खोलादेखि गाईखर्कसम्मका लागि ७५० मिटर सडक निर्माण गरिएको छ । पछिल्लो समय पर्यटकीय स्थलको रूपमा विकास भइरहेको तालको पर्यटन प्रवर्द्धनका लागि मोटरबाटो निर्माण गरिएको वडाका पूर्वअध्यक्ष पिपला बुढाथोकी मगरले बताए । तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयबाट बजेट विनियोजन गरी मन्दिर निर्माण कार्य शुरू भएको उनले बताए । गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूमा पर्यटकको सेवा सुविधालगायत अन्य आवश्यक भौतिक पुर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको मालिका गाउँपालिकाले बताएको छ । गाउँपालिकाभित्र रहेका हरेक पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न गाउँपालिकाले ठूलो लगानी गरेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्रदेश सरकारको आर्थिक सहयोगमा दुईओटा होमस्टे सञ्चालनमा ल्याइएको छ । त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटको ऐतिहासिक स्थल खड्गभवानी कोत परिसरलाई पर्यटकीय स्थल बनाउन वडा कार्यालय, नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेका छन् । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४८६ रुपैयाँ र उपभोक्ताको ३ लाख ६५ हजार ५९९ रुपैयाँ बराबरको श्रमदानबाट २५० मिटर पदमार्ग निर्माण गरिएको हो । सिमेन्ट ढलानसहितको सिँडी निर्माण गरिएको छ । पदमार्गको १९० मिटरमा दुवैतर्फ रेलिङ हालेर पदमार्गलाई व्यवस्थित पारिएको छ । २५ मिटर कठिन पहरा फुटालेर दुई मिटर फराकिलो पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले बताए । पदमार्ग निर्माण भएपछि कोतमन्दिरमा पुग्न सहज भएको उनले बताए ।