जनरल असिम मुनिरले गत हप्ता पाकिस्तानको सेना प्रमुखको जिम्मेवारी लिए । ५७ वर्षीय पूर्वगुप्तचर प्रमुख मुनिरले अब सेना प्रमुखका रुपमा देशको आन्तरिक तथा विदेशी मामिलामा ठूलो प्रभाव पार्न सक्छन् । पाकिस्तानले चौतर्फी संकटहरूको सामना गरिरहेको बेला मुनिरले पदभार ग्रहण गरेका छन् । तत्काल चुनावको माग गरिरहेको एक शक्तिशाली विपक्षी, आर्थिक मन्दी र देशको एक तिहाइ भाग डुबाउने ऐतिहासिक विध्वसंकारी बाढी पाकिस्तानले सामना गरेका केही समस्या हुन् ।मुनिरले देशको शक्तिशाली सेनाको नेतृत्व गर्दाको समयमा मुख्यत: