काठमाडौँ : सरकारले झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट लिइएको निमा तामाङको नागरिकता रद्द गरेको छ।बिहिवार बसेको मन्त्रिपरिषद बैठकले सुन प्रकरणमा मुछिएका तामाङले झुटा विवरण पेश गरी काभ्रेबाट लिइएको नागरिकता रद्द गरेको हो।उनले लिएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। यस्तै मन्त्रिपरिषद्ले देवराज धमालाको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय,