विभेद, गरिबी, बेरोजगारी र हिंसाविरुद्ध ध्यानाकर्षण

जलवायु परिवर्तन, असमानता, विभेद, गरिबी, आप्रवासन, युद्धजस्ता समसामयिक विषयमा आवाज उठाउँदै विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन सकिएको छ । संकटहरूसँग जुध्दै ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ यही फागुन ३ देखि सुरु भएको विश्व सम्मेलन सोमबार सम्पन्न भएको हो ।