काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादे...
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ । त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षा हुनेछ ।
काठमाडौं : यो वर्ष मनसुन शुरु भएसँगै मंगलबार अहिलेसम्मकै धेरै वर्षा भएको छ। दुई दिन देशैभर भारीदेखि अति भारी वर्षा हुने मौसमविद् गोविन्द झाले बताए। मौसमविद् झाका अनुसार आज र भोली देशैभर भारीदेखि अति भारी वर्षा हुनेछ भने पर्सीदेखि केही साम्य हुनेछ । पर्सि पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा कायमै रहनेछ भने अन्य प्रदेशमा भने केही कम हुने मौममविद् झाले बताए। पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै २५९ मिलिमिटर वर्षा भएको छ। यस्तै सिन्धुलीमा २४५, बारामा २३०, बाँकेको कुसुममा २०३ र क
झापाका विभिन्न स्थानमा गए रातीदेखि भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो । बाढी पूर्वानुमान महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी
काठमाडौं : मनसुनी न्यून चापीय रेखा नेपालतर्फ सरेको कारण आजबाट मौसम थप सक्रिय हुदैछ। देशभरको मौसम पूर्ण बदली भई अधिकांश स्थानमा पानी पर्दैछ। अहिले प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कर्णाली प्रदेशबाहेक सवै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी,बागमती,लुम्बिनी र प्रदेश नम्बर एकका केहि स्थानमा भारी तथा अति भारी वर्षा हुने मौसमविद् समिर श्रेष्ठले जानक
काठमाडौं । मनसुन सक्रिय भएसँगै हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो...
काठमाडौं : मनसुनी वायुको सक्रियताका कारण काठमाडौं उपत्यकासहित देशभर पानी परिरहेको छ । प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनीका सबैजसो स्थानमा पानी परिरहेको हो। केही ठाउँमा भारी र अति भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य पाँच प्रदेशको तुलनामा कम पानी पर्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।पानी पर्ने क्रम अबको तीन दिन जारी रहने भएकाले बिभिन्न स्थानमा बाढी पहिरोको जोखिम भएका कारण स्थानीयबास
असार २, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिरोको खतरा औँल्याएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिवारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।
‘मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ’, बासीले भनिन्, ‘यो वायुको प्रभावले आगामी शनिवारसम्म नै देशका अधिकांश भेगमा भारी वर्षा हुने सम्भावना छ । त्यसपछि भने यो क्रममा ब्रेक लाग्नेछ ।’
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार बुधवार दिनभर र राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । त्यसैले महाशाखाले यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ ।
‘कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाको बुलेटिनमा उल्लेख छ ।
महाशाखाको नियमित बुलेटिनअनुसार, वर्षाको यो क्रमले बिहीवार र शुक्रवार पनि देशभरि निरन्तरता पाउनेछ ।
पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा रहेको छ । महाशाखाका अनुसार, यहाँ ११० दशमलव ५ मिलिलिटर पानी परेको छ ।
पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२ दशमलव २ मिलिलिटर पानी पर्यो । महाशाखाका अनुसार काठमाडौंमा पछिल्लो २४ घण्टामा १२ दशमलव ४ मिलिलिटर मात्र पानी परेको छ । रासस