इन्धनको मूल्य घट्यो तर उपत्यकामा गाडी भाडा घटाउन सरकार ‘मौन’

काठमाडौं : सरकारको बेवास्ताले दुई पटक इन्धनको मूल्य घटे पनि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटेको छैन। इन्धनको मूल्य साउन १ गते घटेर अन्तर प्रदेशमा चल्ने सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा घटे पनि उपत्यकाको लागि भने नघटेको हो।नेपाल आयल निगमले सोमबारबाट लागू हुने गरी डिजेलमा ४, पेट्रोलमा ६ र एलपी ग्यास प्रति सिलिण्डरमा १० रूपैयाँ मूल्य घटाएको छ। यस्तै, काठमाडौं लक्षित पेट्रोलमा ६ रूपैयाँ, डिजेलमा ४ रूपैयाँ र एलपी ग्यासमा १० रूपैयाँले मूल्य घटेको छ।मूल्य घटे