पूर्व राष्ट्रपति यादव नयाँ दिल्लीमा

काठमाडौं, २ फागुन । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भारतमा छन् । पूर्व राष्ट्रपति यादव निजी कामले यसपालि नयाँ दिल्ली गएका हुन् । भारतस्थित् नेपाली दूतावासमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पूर्वराष्ट्रपति यादवलाई स्वागत गरेका छन् । राजदूत शर्माले पनि यादव निजी कामले भारत गएको उल्लेख गरेका छन् ।