१९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदी समेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुई पाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिका विहीन बनाएको तथा परीक्षामा अनुत्तीर्ण भएकालाई नतिजा परिवर्तन गरेको पाइएको छ । सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेद