प्लास्टिक चामल बेच्ने व्यापारी जमानीमा छुटे

प्लास्टिकको चामल बिक्री गरेको आरोपमा पक्राउ परेका शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचन हाजिर जमानीमा मुक्त भएका छन्। उनले बिक्री गर्ने गरेको आरटिसी ब्राण्डको चामल नक्कली भएको आशंकामा महानगरीय प्रहरी परिसरले मंगलबार उनलाई सानोभर्‍याङमा रहेको गोदामबाट पक्राउ गरेको थियो।