विश्वकप छनोट: भेनेजुएलामाथि अर्जेन्टिनाको फराकिलो जित

काठमाडौं, १८ भदौ। कोपा अमरिका च्याम्पियन अर्जेन्टिनाले विश्वकप छनोटमा सहज जित हात पारेको छ । आज (शुक्रबार) बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ ले पराजित गरेको हो । अर्जेन्टिनाको लागि लाउटरो मार्टिनेज, जोआक्विन कोरेअ र एन्जल कोरेअले गोल गरेका थिए भने भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काएका थिए । लुइस मार्टिनेजले ३२औं मिनेटमा रातो कार्ड […]

सम्बन्धित सामग्री

एकदिवसीय विश्वकप छनोटको उपाधि श्रीलंकालाई, नेदरल्यान्ड्स १२८ रनले पराजित

जिम्बाब्वेमा सम्पन्न भएको एकदिवसीय विश्वकप छनोट खेलको उपाधि श्रीलंकाले जितेको छ । आइतबार भएको फाइनलमा विश्वकपमा छनोट भएको शीर्ष दुई टोली श्रीलंका नेदरल्यान्ड्सबीच भिडन्त भएको थियो । फाइनलमा श्रीलंकाले नेदरल्यान्ड्समाथि १२८ रनको फराकिलो जित दर्ता गर्दै उपाधि जितेको हो । जिम्बाब्वे हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा अलआउट …

टी २० विश्वकप छनोटको सेमिफाइनल: नेपालको प्रतिस्पर्धी यूएई, ओमनको आयरल्याण्ड

काठमाडौं: नेपाली क्रिकेट टोली टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह 'बी'को सोमबार सम्पन्न खेलमा नेपालले क्यानडामाथि ८ विकेटको सहज जित निकालेसँगै सेमिफाइनलको यात्रा तय गरेको हो। आजै सम्पन्न समूह 'बी'कै अर्को खेलमा ओमनले फिलिपिन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै समूहको उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको…

कुशलको शतकमा नेपालको फराकिलो जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा फिलिपिन्सविरुद्ध खेलमा ओपनर कुशल भुर्तेलले शतक प्रहार गर्दा नेपालले फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हराएको हो । यो नेपालको लगातार दोस्रो जित हो, पहिलो खेलमा नेपालले ओमानलाई हराएको थियो । नेपाल विश्वकप छनोट सेमिफाइनल निकट पनि […]

कुशल बने ‘प्लेयर अफ द म्याच’

मस्कट (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्सविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई १ सय ३६ रनको फराकिलो जित दिलाउन शतक प्रहार गरेका कुशल खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित […]

विश्वकप छनोटः फिलिपिन्समाथि नेपालको फराकिलो जित

आइसिसी टि२० विश्वकप छनोटमा नेपालले फिलिपिन्समाथि फराकिलो जित निकालेको छ । नेपालले विश्वकप छनोट ‘ए’ मा फिलिपिन्समाथि १३६ रनको फराकिलो जित निकालेको हो । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।पहिला ब्याटिङ गरेको नेपालले २१८ रानको विशाल योगफल तयार पार्दै फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको थियो । लल्य पछ्याउँदै ब्याटिङमा आएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन मात्रै बायो । फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले २७ बलमा २ चौकासहित २० रन बनाए । जोर्डन अलेग्रा ३२ बलमा २ चौकासहित २७ रनमा अविजित रहे । कप्तान जोनाथन हिलले २९ बलमा ११ रन बनाए । फिलिपिन्सका ओपनर कपिल कुमारलाई दोस्रो ओभरको तेस्रो बलमा जितेन्द्र मुखियाले ४ रनमा नेपालका कप्तान सन्दीप लामिछानेबाट क्याच गराए । नवौं ओभरमा सन्दीपले २ विकेट लिए । नवौं ओभरको पहिलो बलमा ड्यानियल स्मिथलाई आसिफ शेखबाट २० रनमा स्टम्पिङ आउट गराएका सन्दीपले सोही ओभरको अन्तिम बलमा  ह्यारी टेलरलाई १ रनमा बोल्ड आउट गरे । ११ औं ओभरको दोस्रो बलमा सन्दीपले रिचार्ड गुडविनलाई आसिफबाट शून्यमा स्टम्पिङ आउट गराए । सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । नेपालका अविनाश बोहरा, गुलशन झा, कुशल मल्ल, जितेन्द्र मुखिया र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।टस हारेर ब्याटिङ थालेको नेपालका लागि ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रनको अविजित रहे । कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तराष्ट्रिय शतक बनाए । उनी नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्कासहित ८३ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १७१ रनको शतकीय साझेदारी गरेका थिए । नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल समूह विजेताका रुपमा सेमिफाइनल पुग्नेछ । पराजित भएपनि नेटरनरेटको आधारमा नेपालले सेमिफाइनल खेल्ने सम्भावना बढी छ ।फाइनल पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् ।

विश्वकप छनोट : नेदरल्यान्ड्सको फराकिलो जित

काठमाडौँ- फिफा विश्वकप फुटबलको युरोपियन छनोटमा नेदरल्यान्ड्सले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ६-० को फराकिलो अन्तरले हराएको छ । नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपेले दुई गोल गरे । यस्तै कप्तान भिर्जिल भान डाइक, डेन्जेल डुम्फ्राईज, अर्नौट डान्जुमा र डोनएल मालेनले एक एक गोल गरे । जितसँगै ८ खेलमा १९ अंक […]

विश्वकप छनोट : इंग्ल्यान्ड, बेल्जियम, स्पेन र जर्मनीको फराकिलो जित

फिफा विश्वकप २०२२  अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्ड, बेल्जियम, स्पेन र जर्मनीले फराकिलो जित हात पारेका छन्।इंग्ल्यान्डले समूह 'आई' को खेलमा एन्डोरालाई ४-० गोलले हरायो।

विश्वकप छनोट : बेल्जियम र नेदरल्याण्ड्सको फराकिलो जित

१८ चैत, काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोटमा बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित हात पारेको छ । बेल्जियमले बेलारुसलाई ८-० तथा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ७-० ले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा समूह ई को खेलमा बेल्जियमले बेलारुसलाई ८-० ले पराजित गर्दा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई-दुई गोल गरे । यस्तै मिची बात्सुआई, […]

बेल्जियम र नेदरल्याण्ड्सको फराकिलो जित, रोनाल्डोको गोलले पोर्चुगल विजयी

विश्वकप छनोट फुटबल अन्तर्गत युरोपेली समूहको खेलमा बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित निकाल्दा पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको गोलको मद्धतले जित निकालेको छ ।

लुकाकु र थोमसको ह्याट्रिक, जिब्राल्टरमाथि बेल्जियमको फराकिलो जित

काठमाडौ । बेल्जियमले विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा फराकिलो जित निकालेको छ । सन् २०१८ मा रुसमा