ओखलढुंगामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत दुई वृद्ध पुरुषको आइतबार कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्ध र नगरपालिका ११ का ७० बर्षिय अर्का वृद्ध रहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।कोरोना संक्रमणबाट मृत्यु भएका सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्धको गत साउन १४ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनमा स्वासप्रस्वासमा समस्