म्याग्दी : सरकारले साना तथा घरेलु उद्योगलाई प्रोत्साहित गरेर उद्यमीहरूको आय आर्जन बढाउने नीति लिएको भए पनि सरकारको यो नीति नारामा मात्र सीमित भएको छ। यसको ज्वलन्त उदाहरण हो- म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीमा विगत ६ वर्षदेखि सञ्चालित नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग।उद्योगले अल्लोबाट उत्पादन गरिएका कपडाको बजारीकरण हुन नसक्दा भण्डारमा नै थन्किएका छन्। स्थानीय युवा उद्यमी किरण थापाले २०७३ सालदेखि नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन