व्यापार घाटाको चक्रव्यूहमा अर्थतन्त्र

अघिल्लो आर्थिक वर्षको जेठ १४ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेकोमा वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटको आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोडमा झार्‍यो।त्यतिखेर बिनियोजन गरेजति रकम खर्च गर्न नसक्ने भन्दै सरकारले बजेटको आकार घटाएको थियो।यस्तो अवस्थामा केन्द्रीय तथ्यांक विभागले १५ वैशाखमा चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार साढे ४८ खर्ब नाघ्ने अनुमान सार्वजनिक गर्‍यो।