कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसकी दुर्गा गुरुङ, माओवादीका नरबहादुर विष्ट र नेकपा (एकीकृत समाजवादी)का उदय बोहोरा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।
देशभर चुनावी तालमेल गरेको गठबन्धनले कर्णालीमा शतप्रतिशत नतिजा हात पार्न सफल भएको हो ।