सरकार जिम्मेवार र बफादार नबनेको कांग्रेस सांसद संग्रौलाको आरोप

काठमाडौँ। सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार जिम्मेवार र बफादार नबनेको बताएकी छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पाठ्यपुस्तक, मल, हत्याहिंसा, बलात्कारको विषयमा सरकार जिम्मेवार नबनेको आरोप लगाएकी हुन्।