काठमाडौँ – विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले आउने शनिबार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ। अस्पतालले २ वटा विशेषज्ञहरुको टिमबाट चैत १९ गते ४ घण्टा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको हो। उक्त दिन बिहान ९ः३० देखि ११ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. […]