खाद्य सामग्री अनलाइन होम डेलिभरी सेवा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको छ। कम्पनीले राजधानी काठमाडौंपछि उपत्यकाबाहिर पहिलो पटक वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको हो।