विमानमा इन्धन भर्न ल्याइएकाे बाउजर फिर्ता लैजाने भएपछि टरिगाउँ विमानस्थलमा ताला

दाङ – दाङको टरिगाउँ विमानस्थलबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयवासीले विमानस्थलकाे हवाई इन्धन डिपोको गेटमा ताला लगाएका छन् ।  तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले विमानस्थलको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन् । आज आइतवार बाउजर मेशिन काठमाण्डाै फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरीलगायतको टोली विमानस्थल पुगेको हो ।  विक्रम संवत् २०११ सालमा स्थाप...