काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार निर्माण गर्न आह्वान गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ।
राष्ट्रपतिको निर्णयलाई असंवैधानिक भन्दै शीतल निवास बाहिर प्रदर्शनमा उत्रेका केही विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नरेश विष्ट र श्याम ओझा रहेको…