जनतामा जाँदा उत्साह र उमंग आएको छ :  भुसाल

नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् उर्जा मन्त्री पम्फा भुसालले मतदाताको घरदैलोमा जाँदा तपाई पार्टी र देशको नेतृत्व गर्ने अवस्थामा पुग्दै हुनुहुन्छ भन्ने प्रतिक्रिया पाएको बताएकी छिन् ।  आफू जनतामा जाँदा एक प्रकारको उत्साह र  उमंग पाएकाले विजयी हुने भुसालको दाबी छ । ‘मतदाताले मलाई तपाईं जतिको उम्मेदवार कुनै पार्टीमा छैनन् भनेर भन्नुहुन्छ । तपाई भोलि पार्टी र देशको नेतृत्व गर्न सक्ने अवस्थामा पुग्दै हुनुहुन्छ भनेर मतदाताले भनिराख्नुभएको छ’ भुसालले भनिन