काठमाडौं–१ मा प्रकाशमानको अग्रता, पछ्याउँदै मिश्र

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन्। ११ सय ८६ मत गणना हुँदा सिंहले ३२६ मत पाएका छन्। दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र रहेका छन्। उनले २८९ मत पाएका छन्। तेस्रो स्थानमा नेकपा एमालेका किरण पौडेल रहेका छन्। उनले १८६ मत पाएका छन्। सिंह र मिश्र २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए। मिश्र झिनो मतान्तरले सिंहसँग पराजित बनेका थिए।