रुसी अधिकारी भन्छन्– तेस्रो विश्वयुद्ध शुरू भइसक्यो तर साइबरस्पेसमा

रुसका एक शीर्ष रक्षा अधिकारीले साइबरस्पेसमा नयाँ विश्वव्यापी द्वन्द्व शुरू भइसकेको बताएका छन् ।  यस डिजिटल युद्धका उत्पन्न जोखिम घटाउनका लागि रुसले अमेरिकासँग सहकार्य गर्ने अपेक्षा गरेको पनि उनले बताए ।  रुसको परराष्ट्र मन्त्रालयमा सूचना सुरक्षामा अन्तर्राष्ट्रिय सहकार्य हेर्ने अधिकारी आन्द्रे क्रुतस्किखले बिहीवार एक प्राज्ञिक सम्मेलनमा यो कुरा बताएका हुन् । अहिलेको युगमा साइबर आक्रमणहरूले तीव्रता पाएको र त्यसले गर्दा विश्व नै द्वन्द्वको स्थितिमा रहेको तर मानिसहरूले त्यो थाहा नपाएको उनले बताए ।  ‘कडा युद्ध ...