गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १३९ जनामा गरिएको नमुना परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ४ महिला र १० पुरुष रहेका छन् ।प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार कास्की ८, तनहुँ १ र नवलपरासी पूर्व ५ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको