नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि कास्की लगायत गण्डकी प्रदेशमा कडाइ गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशले सिमानाकामा चेकजाँचलाई कडाइ गर्न तयारी गरिएको छ । संघको स्वास्थ्य मन्त्रालयले पनि ओमिक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्त गर्न भनेपछि ओमिक्रोन भाइरस बढ्न सक्ने आकलन सहित तयारी तीव्र पारिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारी गुरुङ सहितको बैठकमा ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई