सार्वजनिक सेवा लिन दिक्दारलाग्दो लाइनमा बस्नुपर्ने बाध्यता हटाउनका लागि गृह मन्त्रालयले विज्ञको टोली परिचालन गरेको छ । राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकतालगायतका अत्यावश्यक कागजपत्र लिने क्रममा वर्षौंदेखि सर्वसाधारणले सास्ती खेप्दै आएको गुनासोपछि गृह मन्त्रालयले अग्रसरता देखाएको हो ।