खानेपानीको पाइपलाइनमा त्रुटी, पानी चुहावट हुँदा दिक्तेलका उपभोक्ता हैरान

दिक्तेल बजारमा सञ्चालनमा ल्याइएको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानी चुहावट हुँदा उपभोक्ता हैरान भएका छन् । ०७८ चैतदेखि सञ्चालनमा ल्याइएको खानेपानी आयोजनाको पाइपलाइनको इलेक्ट्रिकल फ्युजनको काममा त्रुटी हुँदा दिक्तेल बजारको रत्नपार्क क्षेत्रमा पानी चुहावटको समस्या निम्तिएको हो ।ढलानले पुरिएको पाइपको कनेक्सन सकेटबाट पानी चुहिँदा कतिपय घरभित्र पानी निस्कने र घरै भासिने समस्या देखिएको हो । पानी चुहावटको समस्या दिक्तेल बजारको किरातचोक (रत्नपार्क) क्षेत्रमा बढी देखिएको छ । दिक्तेल सहर